दफा २६१
मुद्राको तौल घटाउन वा रुप वदल्न नहुने

(१) सद्दे सरह व्यवहारमा चलाउने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउनवा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वापैठारी गर्न वा आफूसँग राख्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।